हरिशंकर परसाईका पाँच लघुकथा

नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं

1. सम्झौता

बाटोमा दुईवटा साइकल एक आपसमा ठोक्किएमा लाजमर्दो हुन्छ । र उठेर पहिले झगडा गर्नुपर्छ, त्यसपछि धूलो टकटक्याउनु पर्छ । यो विधिले यति धेरै मान्यता पाएको छ कि लड्ने साइकल चालकलाई क्षमाशील सन्त होइन, बुद्धिमान् मानिन्छ ।

एक दिन बाटाको बिचमा दुईवटा साइकल ठोक्किए । जब तिनीहरूका सवारहरू उठे, तिनीहरूका एकले अर्कासँग निहु खोजे, '"के अन्धा हौ ? देख्दा पनि नदेख्ने ।"

अर्कोले जवाफ दियो, "साले गलत तर्फबाट हिड्छ फेरि अर्ति दिन्छ ।"

पहिलोले गालीको बदला लियो र चुनौती दियो, 'मुख सम्हालेर बोल, टाउको फोरिदिन्छु ।'

अर्कोले टाउको उचाल्दै जवाफ दियो, 'अरे, तैंले के टाउको फोर्छस्, मैले हात लाएँ भने कनपारो तोडी दिन्छु ।'

अनि दुबैजना एकअर्काको टाउको फोर्न तम्सिएकै बेलामा एकजना मानिस उनीहरुको बिचमा आयो र भन्यो, "हे भाइ, एउटा कुरा सुन, त्यसपछि झगडा गर । हेर, तिमी उसको टाउको फोर्न चाहन्छौ, र तिमी उसको ! अर्थात् दुवैको टाउको फुट्यो भने दुवै सन्तुष्ट हुने रहेछौ । त्यसोभए भाइ, दुवैजना गएर त्यो बिजुलीको पोलमा टाउको फोर र झगडा बन्द गर ।"

यो कुराले यस्तो असर गर्‍यो कि भीड हाँस्न थाल्यो र दुवैले हाँसो थाम्न सकेनन् । उनीहरूको सहमति भयो ।

2. पराईको

"तपाईं कुन विद्यालयका शिक्षक हुनुहुन्छ ?"

"म लोक लोकहितकारी विद्यालयमा छु । किन, केही काम छ ?"

"छ, मेरो केटालाई स्कूलमा भर्ती गर्नु छ ।"

"त्यसो भए हाम्रो स्कुलमा नै भर्ना गरिदिनुहोस् ।"

"पढाइ-वढाइ कस्तो छ ?"

"एक नम्बर ! धेरै राम्रा शिक्षकहरू छन् । धेरै राम्रो वातावरण छ । धेरै राम्रो स्कुल हो ।"

"तपाईंको नानी पनि त्यहीँ पढ्छ होला ?"

"होइन हजुर, मेरो नानी ‘आदर्श विद्यालय’ मा पढ्छ ।"

3. चन्दाको डर

एउटा सानो समितिको बैठक बोलाउने योजना थियो । त्यहाँ एक सज्जन थिए जो समितिको सदस्य थिए, तर केहि काम गर्दैन थिए, गडबडि सिर्जना गरि दिन्थिए र खाली ताली चाहन्थिए । ती लामो भाषण दिन्थिए ।

ती समितिको बैठकमा न आउन, कतिपयले यसो गर्न चाहेका थिए, तर ती त बिना निमन्त्रणामा जान लागेका थिए । फेरि यहाँ त उनलाई निमन्त्रणा पठाइने नै थियो, किनभने उनि सदस्य थिए ।

एकजनाले भने, "एउटा उपाए छ । सर्प पनि मर्ने, लौरो पनि नभाँचिने । समितिको बैठकको सूचनामा तल लेखियोस कि बैठकमा बाढीपीडितका लागि पनि रकम संकलन गरिने छ । यिनीहरू यतिसारो कन्जुस छन् कि जहाँ दान आदिको आशंका भएको ठाउँ छ, यिनीहरू पुग्दैनन् ।"

4. भान्सा घर र पाइखाना

गरीब केटो । जसरी होस हाई स्कूलको परीक्षा पास गरेर ऊ कलेज पढ्न चाहन्छ । आमाबुबा छैनन् । ब्राह्मण हो ।

सहरमा उसलाई सजातका घरमा बस्न र खानाको प्रबन्ध मिल्यो । मैले यसमा सानो सहयोग गरेको थिएँ, त्यसैले केटो प्रायः मलाई भेट्न आउँछ । ऊ एकदमै सरल, विनम्र र सीधा केटो हो । तीखो बुद्धिको ।

एक दिन मैले सोधेँ, "क्यारे, तिम्रो सबै काम राम्रै भयो नि ? ती सज्जनकामा कुनै समस्या त छैन नि ?"

उसले फिस्स हाँस्दै भन्न थाल्यो- "समस्या त छैन तर एउटा कुरा एकदमै अनौठो र रमाइलो छ ।"

"के कुरा हो त्यस्तो ?" मैले सोधे ।

उसले भन्यो, " उनीहरुको चुलोमा सबैसँग बसेर खाना त खान्छु तर घरकी ती वृद्धाले बाहिरको पाइखाना घरमा टट्टी गर्न जाने गर्नु, भनेकी थिइन् । घरमा एउटा ठूलो र प्रमुख टट्टीघर छ, जसमा घरका मानिसहरू जान्छन्, अर्को छ जसमा नोकरहरू जान्छन् । उनले मलाई भन्न थालिन कि बाहिरका लागी यो बाहिरी टट्टीघर हो । चुलोमा त प्रवेश पाएको छु, तर टट्टीघरमा प्रवेश पाएको छैन ।"

यदि तिम्रो झुटो प्रतिष्ठा खानामा देखाउन सक्दैनौ भने, तिमी मल-मूत्रमा प्रदर्शित गरिरहनेछौ । मेरो भान्साकोठामा कोही उँच्च र नीच छैन भने बालुवाको थुप्रोमा चडेर अरूलाई होचो बनाउछौ । स्याबास !

5. दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित समारोहको आयोजना गरे । जुनबाट पैसा जम्मा गर्ने योजना बनाइयो । उनीहरु सेठकोमा पुगे । उनिहरूले भने, "यतिबेला देशमा संकट छ । लाखौं दाजुभाइ दिदीबहिनीहरू घरबारविहीन छन्, तपाईंले पीडितहरूका लागि खाना र लुगा जुटाउन ठूलो रकम दिनुपर्छ । तपाईं समारोहमा आउनुपर्छ ।"

उसले भन्यो, "भगवानको इच्छालाई कसले रोक्न सक्छ ? जहाँ हरिको इच्छा छ, हामी कसैलाई कसरी सहयोग गर्न सक्छौं ? फेरि भाइ, हामी दिनहुँ दुई चार प्रकारको दिरहन्छौं, व्यापारमा कुनै शक्ति छैन ।"

एक जनसेवकले भने, "खाद्यमन्त्री पनि कार्यक्रममा आउँदै छन्, पैसा उनैले उठाउने हो ।

सेठजीको अनुहार उज्यालो भयो । जसरी भगवानको याद गर्दा भक्तको अनुहार उज्यालोहुन्छ । उनले भने, "हो, पीडितलाई समस्या छ ! के गर्नुपर्छ ? हामी जहिले पनि सकेसम्म सहयोग गर्छौं । आखिर हामी पनि देशवासी हौं । तिमी आएका छौ भने म तिमीलाई खाली हात जान दिन्न । म तिमीलाई एक हजार रुपियाँ दिन्छु । मन्त्रीले न लिने हुन ? उनै ले न अपील गर्छन् ? आफ्नै हातमा दिनुपर्छ, होइन र ?"

उनले भने, "हजुर हो, मन्त्रीज्युले नै पैसा लिनेछन् ।"

सेठजीले भने, "हस् हस्, ठिकै छ । म समयमै आउँछु।"

सेठजी एक हजार रुपैयाँ लिएर कार्यक्रममा पुगे तर संयोगले मन्त्री अलि पहिले उठेर अर्को काममा गैसकेका थिए । मन्त्रीले अपील गर्न सकेनन्, चन्दा लिन सकेनन् ।

आयोजकले अपिल गरे । पैसा आउन थाल्यो । सेठजीको नजिक पुगे ।

सेठजीले भने, "मलाई मूर्ख बनाउँ छौ ! तिमीले नै त भनेका थियौ, मन्त्री आफैंले लैजान्छन, तर मत्री त हिँडि सके ।"

  • मुख्य पृष्ठ : संपूर्ण हिंदी कहानियां, नाटक, उपन्यास और अन्य गद्य कृतियां