मुस्कान र माया : गीताञ्जली श्री

नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं

लुगा फेरेर राजनले भान्साकोठामा खाना तयार गरिरहेकी रीतालाई भन्यो- "लिफ्टमा चढ्दा डा. पमनानी लिफ्टबाट बाहिर निस्केको देखें, बुइल्डिङमा कोही बिरामी हुनसक्छन् ।"

रीताले हातमा समाइ रहेको खानेकुराहरू टेबलमा राखि र रुमालले थाल पुछ्दै भनि, "रति बिरामी छिन्, आज अफिस पनि गइनन् ।"

खानाको पहिलो गाँस मुखमा राख्दै राजनले भन्यो, "आज अफिसमा काम गर्न सकिनँ, सन्चो नभएजस्तो भयो ।"

रीताले जिज्ञासापूर्ण नजरले राजनलाई हेरि, त्यसपछि खाना खाँदै भनि, "बुधवार बिदा छ, डाक्टरकोमा लगेर जाँच गराउनुपर्छ ।"

"नानीहरू कहाँ के गर्दैछन् ?" राजनले सोध्यो ।

"पढ्दैछन्, टर्मिनल परीक्षा हुन लागेको छ ।"

दुबै खाना खानलागे । महानगरको कोलाहल बिस्तारै मधुरो हुँदै थियो । रीताले भनि, "भगवानसँग न्याय छैन ।"

राजन छक्क पर्यो र श्रीमतीलाई जिज्ञासु नजरले हेर्न लाग्यो ।

रीताले भनि, "रति कति असल नारी हुन् तर उनको भाग्यमा श्रीमान् कस्तो लेखिएको रहेछन् ! कस्ती घरकी केटी, कहाँ आइन् ? उनका श्रीमान दिनहुँ रक्सी खाएर घर आउँछन् । बढुवा पछि रतिको तलब बढेको थाहा छ ?"

राजनले कुनै जवाफ दिएन् । चुपचाप खाना खाइरह्यो ।

अर्को कोठाबाट छोरीको किताप पढेको आवाज आइरहेको थियो ।

आफ्नो कुरा अगाडि बढाउँदै रीताले भनि, "रति अहिले अफिसर बनेकी छिन् । उनको तलब एक हजार बढेको छ ।'

राजनको अनुहारमा गहिरो भाव छायो, कुनै विशेष खबर सुनेको जस्तो ।

“बिचारी रति बिहानै उठेर घरको काम गर्न र बच्चाहरूलाई विद्यालय पठाउन तयार गर्छिन् । सबैलाई ब्रेकफास्ट खुवाउँछिन्, दिउँसोको खाना बनाउँछिन्, श्रीमानलाई खुवाउँछिन् र आफ्नालागि अफिसमा पनि लैजान्छिन् । दिनभरि अफिसमा काम गर, घर फर्किएपछि फेरि घरको काम गर !” रीताको स्वरमा महिलाको पीडा लुकेको थियो ।

राजनले कुनै प्रतिक्रिया दिएन । राजनको मन केही बेरसम्म आफैँ भित्र हरायो । त्यसपछि अचानक ऊ स्तब्ध भयो । उस्को आँखा अगाडि केही दृश्यहरू चलचित्र जसरी घुम्न लागे । हरेक बिहान उठ्न ढिलो भएकोले राजनको मनमा पहिलो विचार आउँथ्यो 'उसको दैनिक बस नछुटोस ।'

ऊ सबै काम छिटो गर्थियो । ऊ बारम्बार घडी हेर्ने गर्थियो । शौचालयमा बस्दा ऊ ब्रश गर्थियो । हतार गर्थियो र बिहानको खाजा पनि पूरा खाँदैन थियो । कहिलेकाहीँ प्यान्टको चेन तान्न पनि बिर्सने गर्थ्यो । कहिले कलम टेबुलमा छोडिन्थियो । लिफ्टमा ओर्लने क्रममा पेटी बाँध्ने गर्थियो । ऊ दौडिए जसरी हिँडथियो । उसलाई आफु रमाईरहेको भान हुन्थियो र आफै छक्क पर्थियो । बस स्टपमा पुगेपछि रतिलाई त्यहाँ लाइनमा उभिएको देख्दा ऊ ढुक्क पर्ने गर्छ । रति लाइनमा बस्नु भनेको उस्को बस अझै नआएको संकेत हो । त्यस पछि ऊ सुस्थिरले हिड्न थाल्छ । यसरी सोच्नु र आफूलाई हिन बनाउनु उस्को बानी बनिसकेको छ । अनावश्यक कुरा र भ्रम मनमा राख्नु उस्को स्वभाव बनिसकेको थियो । यतिखेर उसलाई बस स्ट्यान्ड नै उसको जीवनको गन्तव्य हो रहेछ भन्ने लागेको छ ।

रीताले भनि, “राजन, भगवानले नारीको जीवन किन यस्तो दु:खद बनाएको ? यो बदलिँदो समयमा सबै बदलियो भनिन्छ तर नारीको भाग्य कहाँ बदलियो ?"

राजन कुल्ला गरेर आईसकेको थियो । रुमालले हात पुछ्दै सोध्यो, "के मिस्टर सजनानी धेरै पिउन थालेका छन् ?"

रीताले भनि, "अहिले व्यवसायमा पनि ध्यान नदिने गरेको सुनेकी छु । पूरै व्यापार ठप्प भएको छ । अहिले श्रीमतीको तलबले घर चलाइरहेका छन् ।"

राजनले निराश भावमा भन्यो, "यो व्यवसाय पनि रतिको बुबाले नै सुरु गरेको हो।"

रीताले लामो सास तान्दै भनि, "आमा बुबाले छोरी माथि सय आशा राखुन्, हजार प्रयास गरुन तर भाग्यले साथ दियो भने न हुने हो ।"

अफिसमा बिताएका दिनहरू राजनलाई याद आईरहेका छन । ऊ रीतालाई भन्छ, “आज मलाई थकाई लाग्यो । अफिसमा काम गर्न पनि मन लागेन ।"

"सोफामा आरामसँग बसेर टिभी हेर्नुहोस्, तर भोल्युम कम राख्नुहोला । छोराछोरी पढदैछन, पढाइमा बाधा नपरोस् । म रतिलाई हेरेर आउँछु ।" रीताले भनि ।

राजन सोफामा बसेर टिभी हेर्न थाल्यो । चित्रहार सांगीतिक कार्यक्रम चलिरहेको थियो । फिल्मका गीतमा नायक–नायिका उफ्रिदै नाच्दै थिए । पछाडीको दृष्य बारम्बार परिवर्तन भैरहेको थियो । नायिका कहिले सारी, कहिले सलवार कुर्ता र कहिले जिन्स र टिसर्ट लगाएर नाच्दै थिइ । सधैं झैँ आज पनि यो कार्यक्रमले राजनलाई सन्तोक दिन सकेन । उसलाई मन लागेन् । टिभीमा नाचिरहेका मानिसहरु मानिस नभै ब्याट्रीबाट चल्ने प्लाष्टिकका खेलौनाजस्ता लाग्यो । उठेर टिभी बन्द गर्यो र सोच्न थाल्यो, "मानव जीवन कति अपूर्ण र थकित रहेछ । हरेक दिन एउटै काम गर्नु पर्ने, बिना कुनै उद्देश्य । जीवन अर्थहीन बनेको छ । बाँच्ने चाहीँ बानी नै भैसक्यो ।" आज अफिसमा काम गर्दागर्दै उस्को शरीर र मन दुबै थाकेका थिए ।

त्यही बेला पल्लो घरबाट रीता फर्किएर आई र भनि, "थोरै अबेर गरें, टिभी किन बन्द गरेको ?"

"हेर्दा रमाइलो लागेन ।" उसले भन्यो ।

"तपाईं आज थकित देखिनु भएको छ । केटाकेटीहरूलाई ओछ्यान लगाई दिएर हाम्रो ओछ्यान पनि लगाउँ छु । एस्पिरिनको चक्कीले निद्रा लाग्छ, चक्की खाएर सुत्नुहोस् ।”

ढोका नजिक पुगेर रीताले श्रीमानलाई हेरी र फेरि भनि, “रतिलाई एक सय दुई ज्वरो आएको थियो तर ज्वरोमा पनि मुस्कुराइरहेकी थिइन् ।"

उसलाई देखेर रतिको अनुहारमा मायाको, केही उदास, केही खुसी, द्वितीयाको चन्द्रमा जस्तै मृदु मुस्कान झल्किन्छ । राजनलाई थाहा छ यो मुस्कान उसको लागि हो र उनले थाहा नपाई उनको अनुहारमा झल्किन्छ । यहि मुस्कानमा उसले बिहानको सबै कष्ट बिर्सने गरेको छ । जब ऊ बसमा आफ्नो सिटमा बस्छ, बस बन्द आँखाले दौडिने घोडाझैं गुडछ, मानौं शहरको युद्धभूमिका सेनाहरू बीचबाट बाटो बनाउँदै गुडिरहेको छ । त्यो कोमल मुस्कान, उनको हृदय अस्पष्ट आनन्दले भरिन्छ । उनको मुटुबाट बगिरहेको रगतले त्यो मुस्कान उसको शरीरभरि फैलाउँछ । रति पनि त्यही बसमा कतै बसेकी छिन् भन्ने बिर्सन्छ । त्यो मुस्कान मात्रै उसको साथमा रहन्छ र उसको ताजापनाको टनिक जस्तै उस्को शरीरमा शक्ति भरिरहन्छ ।

ऊ र रति एकअर्कासँग कहिल्यै बोलेका छैनन् । उनीहरूलाई यति थाहा छ कि उनीहरू छिमेकी हुन्, एक अर्काको नजिकै बस्छन् । उनीहरूका मनहरू एकअर्काको मनको वरिपरि घुमि रहन्छन् । राजनलाई आफू मरेको छैन जस्तो लागिरहेको थियो । बसमा बसेका मान्छे पनि निर्जीव होइनन् । सडकको दुबै छेउका भवनहरू पर्खाल मात्र होइनन् । यि भवनहरू भित्र प्राणछन्, मुटु छन् । सायद रतिको यो कोमल मुस्कानले उसको अर्थहीन जीवनलाई केही समयको लागि भए पनि अर्थपूर्ण बनाइ रहेको थियो ।

ठूला शहरहरूमा बसको यात्रा सामान्यतया लामो हुन्छ । कहिले काहिँ यो यात्रा पुरा हुँदैन भन्ने लाग्छ तर हरेक बस कुनै न कुनै बिन्दुमा रोकिन्छन् । सबै यात्रुहरू त्यहीँ ओर्लिन्छन् । बस रित्तो झै बन्छ । राजनको अफिस अन्तिम बिसौनी नजिक र रतिको अलि टाढा थियो । दुबैजना बसको अन्तिम स्टपमा ओर्लिन्छन् र भीडमा हराउँछन् । हराउनु अघि राजनको नजर रतिको खोजीमा रहने गर्छ । नजर रतिका आँखामा परे पछि थाहै नपाई अनुहारमा मुस्कान आउँछ । जवाफमा रतिको अनुहारमा पनि मायाको मुस्कान फुल्छ । यसरी यिसबमा राजन बानी परि सकेको थियो । उसको नजर रतिको नजरमा पर्दा रति पनि सायद आफ्ना नजरले उसलाई हेर्न पर्खिरहेकी छिन् जस्तो लाग्न थालेको थियो । सायद उसलाई आफ्नो मुस्कान नभेट्दा केही हराइरहेको जस्तो लाग्दो हो भन्ने सोच्ने गर्थ्यो ।

केटाकेटीहरू झडगा गरिरहेका थिए र रीता उनिहरूलाई अर्को कोठामा सुताउने तयारी गरिरहेकी थि । राजनले आज रतिको मुस्कान पाउन सकेको थिएन् । यही कारण ऊ विचलित भैरहेको थियो । उसलाई आज अफिसमा पनि काम गर्न मन लागेन । यस्तो कसरी हुन सक्छ ? रति र मेरो बीचमा कुनै सम्बन्ध छैन । हामीले एकअर्काको नजिक आउने वा कुरा गर्ने प्रयास पनि गरेनौं । मौका पाए पनि हामी दुबैजना बसमा कहिल्यै नजिक बसेका छैनौं । हामी दुई ताराहरू जस्तै एक अर्काबाट नजिक भएर पनि टाढा छौं । राजनले आफैंलाई सोध्यो, 'के यो साँचो हुन सक्छ कि त्यो मुस्कानले मलाई दिनभर उर्जाशील र चंगा राखेको छ ? त्यसको प्रभाव दिनभरि मेरो वरिपरि परि रहन्छ ?'

रीता त्यतिबेला मात्र कोठामा आई पुग्छे र भन्छे, “ओछ्यान बनाएकी छु ।” दुवैजना कोठा भित्र प्रवेश गर्छन् । आज राजनले सदाझैँ खाटमा बस्नेबित्तिकै टेबलल्याम्प बालेको छैन् ।

रीताले अचम्म मान्दै सोधि, “आज किताप पढ्नु छैन ?” सुत्नुअघि केही बेर राजनको किताप वा पत्रिका पढ्ने बानी थियो । 'छैन ।' उसले भन्यो र सिरानीमा टाउको राखेर सुत्यो ।

बत्ती निभाएर रीता राजनको छेउमा सुति । उसले भनि, "रतिलाई डाक्टरले एक साता अफिस नजान भनेको छ ।"

अँध्यारोमा छततिर हेर्दै राजनले "यो हप्ता रतिको मुस्कान बिना अफिसमा कसरी काम गर्ने" भनेर सोच्यो ।

  • मुख्य पृष्ठ : संपूर्ण हिंदी कहानियां, नाटक, उपन्यास और अन्य गद्य कृतियां