हकको जग्गा : डा. पद्मा शर्मा
नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं
अविरल वर्षाका कारण रुखमा धुलो जमेको थियो । चारैतिर हरियाली छाएको थियो, त्यसैले सबैको मनमा खुसी छाएको थियो ।
साउन महिनाको आगमनसँगै जताततै झूल लाग्ने र पसलहरु रंगीन राखी(रक्षाबन्धनका डोरा)ले सजाउने गर्थे तर सुखदाको मन थकित हुन्थ्यो । उनले हरेक वर्ष राखी किन्ने र राखीपुर्णेका दिन आफ्नो रबरको पुतली(गुड्डु/गुडिया)मा राखी बाँधथिन् ।
... त्यसपछि बाल्यकालका दिनहरू आँखा अगाडि नाच्थे ।
उनी एक पटक रिसाएकी तर चाँडै खुसी पनि भएकी थिन् । यस्तो भयो कि उनले आफ्नो जन्मदिनमा एउटा पुतली उपहारमा भेटेकी थिन्, त्यो रञ्जनले भाँचि दिएको थियो, त्यसपछि उनि उदास भयिन र रञ्जनसँग रिसाइन् । उनले पनि रिसले रञ्जनको कलम भाँचिदिन । यसरी दुवैबीच इख रहन गएको थियो ।
रञ्जनले भने, "गधाई कहीं की ।"
सुखदाले भनिन्, "तँ कागहोस् ।"
यसरी बाज्दै दुबैले एकअर्काको सामान फाल्न थाले ।
सुखदा रिसाएर आयिन र भनिन्, "तैँले लगेको मेरो पेन्सिल मलाई दे ।"
"मैले तँलाई सुन्तलाको केस्रा दिएको होइन?"
"तँ त काग नै होस् ?"
उनिहरूको झगडा आमाले मुश्किलसँग थमाइन् । संयोगवश दुई दिनपछि राखी चाढ आयो । दिनभरि मुख फुलाएर बसेकी सुखदाले मनमा कुरा खेलाइन् 'रञ्जनले भनेपछि मात्र राखी बाँध्नुपर्छ । रञ्जन पनि आफ्नो अहमतामा नबोलि बसिरह्यो ।
आमाले भनिन्, ‘छोरी रञ्जनलाई राखी बाँधिदेऊ ।
उनले कुम उचाल्दै भनिन्, “किन ऊ आफ्नो मुखले भन्न सक्तैन् ...?"
आमाले सम्झाउँदै भनिन्, ‘हेर, यस दिन दिदी आफैं अघि सरेर राखी बाँधिदिनु पर्छ । भोलि पोइ घर जानु पर्छ, त्यससमय घण्टौंसम्म भाइलाई कुर्नु पर्छ...। त्यसपछि देख्छेस्" भन्दै उनी कोठामा गइन्।
आमाले रञ्जनलाई पनि सम्झाइन्, “छोरा, राखी बाँध्नु पर्छ । बहिनीलाई सम्झाऊ ।"
"आज उस्को दिन हो, पहिला उसले भन्नु पर्छ" रञ्जनले घुर्कि लायो ।
"हो छोरा, आज उसको दिन हो तर मनाउनु पर्छ नि, तिमी सानो छौ र पो त...।"
आफ्नो प्यारो भाइलाई राखी नबाँधि दिनाले आज बिहानै देखि नखाई घुमि रहेको देखेर सुखदालाई नराम्रो लागि रहेको थियो । सबै साथीहरूले राखी किनेको देखेर उसलाई पनि भाइका लागि राखी लान मन लागेको थियो तर उसले नै भन्नु पर्छ भन्ने आठोट राखेकी थिन् ।
दिन वित्नै लागेको थियो ठूलेमा आइपुगिन्, रञ्जनलाई गाली गर्दै भनिन्, "हेर, तिमी भाग्यमानी छौ किन भने तिम्री एउटी दिदी छन् तर तिमी राखी नबाँधि हिड्छौ । बहिनी नभएकालाई सोधिहेर त बहिनी नहुदाँ कस्तो लाग्छ ॽ"
त्यसपछि रञ्जन आएर रुन्चे सोरमा भने, ‘हिँड, राखी बाँधिदे ।'
सुखदा तयारै थिन्, त्यत्तिकै तयार भइन् । उनले बिहानै देखि तयार गरि राखेको थाल छिट्टै उठाएर ल्याईन् । रञ्जनको निधारमा टिका लगाई राखी बाँधिदिन् । यसपटक रञ्जनले उनलाई एउटा पुतली(गुड्डु)दिए जसको अनुहार रञ्जनको जस्तै थियो । सुखदालाई त्यो पुतली निकै मन पर्यो । बिहेपछि पनि उनले त्यो पुतलीलाई साथै लगेर राखिन र राखी बाँधिदिने गरिन् ।
रञ्जन अहिले पन्ध्र–सोह्र वर्षदेखि ऊ रिसाएको जस्तै थियो । हुलाकीको आवाजले एक्कासी उनलाई झस्का पार्यो । खाममा प्रेषकको नाम देखेर सुखदाको मन अकाश माथिमाथि उड्न थाल्यो, वर्षौं पछि आज भाइको चिठ्ठी आएको थियो । उनलाई नयाँ जीवन पाए जस्तो लाग्यो । उनले मुटु ढुकढुक पार्दै चिठ्ठी खोलिन र सास नविराई पढिन्... ऊ यस पटक राखी बाँध्न आउने भएका रछन् । सुखदाले हिसाब गर्न थालिन- द्वादशी, त्रयोदशी, चतुर्दशी मध्य आज एकादशी परेको छ ....... अनि पूर्णे राखी बाँध्ने दिन । त्यसपछि उनले पत्रको पछिल्तिर हेरिन कुन मितिमा पत्र लेखिएको हो, कुन मितिमा हुलाक टिकट लगाइएको हो र कति दिनपछि आई पुग्यो, तर हिजो आज हुलाक कार्यालयले कहाँ यति धेरै कुरा रेर्छ र ?
.. उनी विगतको सोचाइमा पुगिन् । घरमा दाजु-बहिनी र अमा-बुबा चार जनाको सुखी परिवार थियो । एक्कासी आमा बित्नुभयो र घरमा सन्नाटा छायो । भाइभन्दा तीन वर्ष जेठी थिइन् तर अमाको मृत्युपछि सानो रञ्जनलाई नै उनले आमा र साथी बनाएकी थिन् । सुखदाको बिहे उसैले तय गरेको हुनाले बुबाले पनि बिहेको जिम्मेवारी रञ्जनलाई नै दिए । उनले पनि राम्रै गरे ।
सुखदाको बिहेमा बिदाइ गर्दै गर्दा रञ्जन युवा भैसकेका थिए । बिहेमा रञ्जनले छली आँखाले हेर्दै भने, ‘मैले तँलाई मेरा तर्फबाट धेरै राम्रो बेहुलो र घर भेटाइ दिएको छु । म यो भन्दा धेरै दिन सक्दिन ।" सुखदा रोएपछि रञ्जनले उनलाई बुझाएका थिए ।
श्रीमान रामप्रसादको गाउँमा खेतीपाती हुन्थो । ससुराका तीन दाजुभाइ थिए र धेरै जग्गा थियो । ऊ सबैभन्दा परिचित मध्ये एक थिए । गाउँमा उनको बोलबाला थियो । उनको आफ्नै बैठक(सभा बस्ने खुल्ला ठाउँ ) थियो । सारा गाउँलेहरू उनको कुरा मान्थे । बिस्तारै काका र ठूलाबुबा छुट्टिएपछि जग्गा पनि टुक्रियो । केही दिन त रामप्रसादको घर परिवार मिलेर चल्यो तर कान्छो भाइको विवाह भएपछि चाँडै घरसँगै जग्गा पनि बाँडियो । संयुक्त परिवारको ठूलो जग्गा रामप्रसाद र सुखदाले पुर्खा भूमिमा सानो टुक्रा जग्गा पाएका थिए।
आफ्नो हरेक काममा सुखदाको सल्लाह लिने रञ्जनले कहिले बुद्धिको सिँढी चढे पत्तै भएन । पहिला आई रहने र सुखदालाई बोलाई रहने ऊ नआउने र सुखदालाई पनि कम बोलाउन गरे पछि यो कुरा सुखदालाई थाहा भयो । त्यसपछि बाबुको असामयिक मृत्यु पछि उनले सम्पतिमा आफ्नो पूर्ण अधिकार दाबी गर्न तहसील कार्यालयमा निवेदन दिएको रहेछ, जसमा बाबुको एक्लो सन्तानको नाममा रञ्जनको नाम उल्लेख गरिएको थियो ।
सुखदाका ससुरा इलाकाको एकजना केटोमान्छे तहसीलमा काम गर्दथ्यो, उसले रञ्जनलाई चिनेको थियो । उसले आएर सुखदालाई भनेको थियो, रञ्जनले एकमात्र सन्तान दाबी गरेर सम्पत्ति आफ्नो नाममा लिइरहेको छ । सुखदाको घरमा जेठानी–देवरानीमा कानेखुसि चल्यो, ‘सायद सुखदाकी आमा सौता पनि होइनन्, त्यसैले तहसीलमा उनको नाम छैन… सुखदा रञ्जनकी बहिनी होइनन् भन्ने चर्चा बैठकमा पनि चलिरहेको थियो । के ऊ अबैध सन्तान हो ? रामप्रसादको कानमा पनि यो कुरा पुग्यो, तर उनले सुखदालाई भनेनन् ।
गाउँमा एउटा घरमा राकस(पन्छाउने/मन्छाउने जस्तो कार्य) दिनु थियो । गाउँको घाटवारिया मन्दिर (नदीको घाटमा बनेको मन्दिर) मा सबै महिलाहरु भेला भएका थिए । सबैजना सुखदा कसैको पाप हो भनेर कानेखुसी गरिरहेका थिए, "अब पोल खुल्यो ।"
घर आइपुगेर जेठानीले ताना लाएर भनिन्, ‘कसैले बाटाबाट ल्याएको होला । त्यसपछि अर्को आवाज आयो, ‘अर्को महतारीबाट जन्मेको होला । महतरीबाट भएको हुनुपर्छ, त्यसैले बाबुको हक भेट्यो ।
यो बहस किन भइरहेको छ उसले बुझिन । किन सबैले अनौठो नजरले हेर्छन् ? ऊसँग अरुको व्यवहार किन परिवर्तन भयो ? उनले श्रीमान् रामप्रसादलाई सोधिन् । सुरुमा उनले कुरा टार्न खोजे, उनले सबै कुरा दोहर्याएर सुनाइन् । काट्यो भने खुनी हुँदैन ।
यस्तो कुरा सुनेर उनी निकै दुःखी भइन् । उनी सोचिरहेकी थिइन् यदि रञ्जनले सुखदाको नाम लेखेर अनुमोदन लिएको भए के हुन्थेन...? आखिर, यो सबै उस्कै हो । मलाई कुनै पनि सम्पत्ति चाहिएको थिएन । उस्ले यो सरासर अन्याय गर्यो । के म मेरा बुबाको सन्तान होइन ? जसरी भए पनि सम्पत्तिका कागजातमा हस्ताक्षर गर्ने थिएँ । यसरी उस्ले मलाई जिउँदै मार्यो ।
उनले रञ्जनसँग कुरा गरिन तर ऊ मानेन । सम्पत्तिले उसको मन-मस्तिष्कलाई विचलित बनाएको थियो, सम्बन्धलाई उसले कुलच्यो, सम्बन्धको घाउ झन बढ्यो । सुखदा पनि उत्तेजित भयिन । उनले श्रीमानको सहयोगमा अदालतमा निवेदन दिएकी थिइन् ।
आखिर, तिनले कसरी आफ्नो हक छोड्न सक्थिन् ? उनलाई सम्पत्ति चाहिँदैनथ्यो तर बाबुको नामको पहिचान पनि आफूबाट खोसिएको उनले सहन सकिनन् ।
अदालतले फैसला गर्यो । उनले पनि सम्पत्तिमा अंश पाइन् । उनलाई अहिले पनि राम्ररी याद छ जुन दिन अदालतको फैसला भयो, रञ्जनले भनेका थिए, ‘आज सबै सम्बन्ध टुटेका छन् ।
यो सुनेर सुखदा दुखित भइन् । उनले रुँदै रञ्जनलाई भनिन्, "भाइ, सबै तिम्रो हो, मलाई जग्गा चाहिँदैन । मलाई यहाँ तिमी मेरो भाइ होइनौ…, भनि रहेका छन् । मैले यी सब प्रमाणित गर्ने दाबी गरेकी थिएँ। तिमीलाई थाहा छैन मैले कति अपमान सहेकी छु ... मलाई एक अवैध सन्तान ठानिन्थ्यो ...।"
उनी रोइरहेकी थिइन् तर रञ्जन निर्दयी अनुहार लिएर घर गए । त्यो वर्ष रञ्जनले राखी पर्वमा निम्तो दिएनन् । रक्षाबन्धनको दिन उनी आफैं राखी बाँध्न जान चाहन्थिन् । श्रीमानले पनि बोलाएविना नजानु भनि रहेका थिए । सुखदाले भनिन्, ‘आज त्यो दिन हो जुनदिन नबोलाइ दिदीले भाइका घर जान मिल्छ ।'
सुखदा रञ्जनको घर गइन् । रञ्जनले ऊ माईत आएकी मन पराएनन, उनले राखी बाँध्न अस्वीकार गरे र उनी फर्किन् । जुन जग्गामा उनी हिँडिरहेकी थिइन्, त्यसमा आफ्नो अधिकार भएको अनुभूति गरिन् । धर्ती आमा हुन्, सबै सन्तानमा समान सद्भाव रख्छिन् । तर जब जग्गाको रुप लिन्छ तब साईनो बिचमा पनि दुरी बढ्छ । उनलाई लाग्थ्यो जग्गा जमको सराय (रक्सीभट्टी जस्तो) हो जसले सबै निल्छ । उनी फेरि कहिल्यै गाउँ गइनन्, न आफ्नो जग्गाको हेरचाह गरिन् ।
प्रत्येक वर्ष रञ्जन राखी बाँध्न आउँछ भनेर पर्खि बस्थिन् । रिसाएको छ तर मान्छ भन्ने उनलाई लाग्थो । तर ऊ रिसाएको थियो, ऊ आउँदै थियो ।
कोटको फैसला पछि जब रञ्जनले नाता तोड्यो त्यहीँ देखि ऊ गूड्डुलाई नै राखी बाँधि आइरहेकी छन् । जन्माष्टमीका दिन राखी झिकेर एउटा बट्टामा राख्थिन् ।
"आमा, कस्को चिठ्ठी हो ॽ" छोराको कुरा सुनेर ऊ झसंग भइनन् । विगतको सम्झनाबाट टाडा हुँदै खुसीले उनले भनिनन् -"हेर छोरा, मामाको चिठ्ठी हो..., ऊ आउँदै छन्.... मसँग राखी बाँध्न..." बोल्दा बोल्दै उनको गलो भासियो ।
वर्षौं पछि सालो आउने सुनेर उनका श्रीमान पनि खुसी थिए ।
ऊ सबै तैयारीमा जुटीन् । राखीका दिन आफुलाई लाउन नयाँ साडी ल्याउनु छ, भाइका लागि हाती-घोडा अंकित मिठाई, नानीहरूका लागि पुतली र अरु के के हो के के... सुखदाको लामो लिस्ट तैयार भयो ।
सुखदाको मनमा कुरा खेले, रञ्जन किन मान्ति भयो... ऊ त बड हठी थियो । मैले त सँधै आफ्नो भाइलाई मानेकी छु । उस्को लामो आयुको प्रार्थना गरेकी छु । जुन माटाका लागि उस्ले आफ्नो छातीमा गाँठो कसिरछ, मैले त्यो आफ्नो भनेर कहिल्यै लिइन । उनले याद गरिन्, उनको पेटमा पत्थरीको पीडा थियो । डाक्टरले अप्रेशन गर्न सल्लाह दिएका थिए । सबैले भनेका थिए "भाइसँगको जग्गा बेचिदे ।" तर ऊ चटैपटाइनन् । उनले मन बाँधेकी थिन्, जुन जग्गा मेरो होइन त्यो म कसरी बेच्न सक्छु । उनको यो निर्णयका अगाडि सबै झुकेका थिए । यस पछि कहिल्यै कसैले यो कुरा उठाएनन् ।
ढोकामा बसेर सुखदा पुरानो एलबम हेर्दैथिन् । त्यसबेलाको ब्लेक एण्ड ह्वाइट फोटामा पनि भाइको अनुहार चम्कि रहेको थियो । एउटा फोटामा भाइकी छोरी नैनी पनि बसि रहेकी थि । उनले सोच्न थालिन, अब त नैनी पनि ठूली भै होला । उनले औंला भाँचेर गन्न थालिन्- अठार, उन्नाईस वर्षकी भै नैनी ।
रञ्जनको मनमा पनि "दिदीले राखी बाँधि दिन मान्ने हो की होइन, मलाई माफ गर्ने हो की होइन्" द्वन्द्व चलिरहेको थियो । "पक्कै पनि दिदी वृद्ध भइसकेकी हुनुपर्छ, कस्ती देखिने हो ॽ मेरो पनि कपाल फुले । मैले के भन्नु..., कसरी मनाउनु..., उसलाई गुजिया पूगी (हलवा जस्तो मिठो खानेकुरा) मन पर्छ..., मैले त्यही लगिदिनु पर्छ...उसले मानिन भने उस्को गोडामा ढोग्छु ।" जीवनको यस समयमा उसलाई दिदीको सम्झनाले सताएको थियो । मानिसको मन पागल हुन्छ, मानिसको समयमा बुद्धि आउँदैन, पछि पछुताउँछन् । उसले चिठ्ठी भेटिकी भेटिन थाहा छैन्..., यही संकल्प लिएर सुखदाको गाउँमा पाइला टेकेको थियो रञ्जनले ।
दुखका समय बिस्तारै बित्छन् । खुसीका दिनहरु चाँडै बिते । राखीको दिन आयो ।
उनले ढोकामा गेरुबाट सुनौरा-सुनौरी(राखीमा पुज्ने देवता) बनाइन् । पूजा गरिन्, मिठाई खुवाइन् । राखीको धागो हातमा टाँसिदिन् ।
भाइ आए पछि उनलाई रुन आयो । उनले उस्का लागि धेरै सहयोग गरेकि थिन् । रञ्जनलाई हेरिन्, उसको अनुहारमा बुढ्यौली पना छाएको देखियो । रञ्जनमा आएको खुसी देखेर सुखदाले बुझ्नै सकिनन् किन, के कारण हो ? सुखदाको भावना बुझेर उनी नजिक आएर हात समाए र रुँदै भने, “दिदी, मलाई माफ गरिदेऊ । तिमीले बुबाको नाम मात्र लिन खोजेकी थियौ, मैले धेरै पछि यो कुरा बुझें । मलाई थाहा छ तिम्रो जीवनमा कस्ता कस्ता अपठ्याराहरू आए । तर तिमीले जग्गा छोइनौ । तर आज मेरी आफ्नै छोरीले सम्पत्तिको भाग मागिरहेकी छे । त्यसपछि मैले बुझें, तिमीले जे गर्यौ त्यो गलत होइन थ्यो । त्यसैले आज म तिमीसंग माफी माग्न आएको छु ।
सुखदा अवाक् भइन्, "तीजले दूजको बदला(सम पर्व) लिएको थियो"।
आँसु पुछ्दै रञ्जनले भने, ‘छिटो राखी बाँधि देऊ ।"
सुखदालाई ‘राखी बाँधौँ’ र आजको ‘छिटो राखी बाँधौँ’ भन्ने दुई वाक्यमा फरक भएको लाग्यो । सानो छँदा उस्ले भनेको " हिँड, राखी बाँधि दे," र आजको "छिटो राखी बाँधौं" भन्नुमा धेरै फरक छ…, आज क्षमा-याचना छ…, माया छ, अनुरोध छ…। सानो हुनुको भावना छ…. जहाँ पहिलाका शब्दहरूमा, वाक्यहरूमा थिएनन् । आजका प्रत्येक क्रिया-प्रतिक्रिया गर्वका थिए ।
सुखदाले भनिन्, “हात धोएर पहिला खाना खाऊ ।” हात समातेर पटे (छानो लाएको र घेरेको स्थान)मा लगिन् । खानाको थाल ल्याई खुवाउन थालिन् र परिवारको सबै कुराको खबर लिइन् । रञ्जनले भने "आफ्नो घरको पनि कुरा सुनाउ ।" उनको सोरमा उत्साह थियो ।
आज पनि बाल्यकाल जस्तै सुखदाले पहिले जस्तै सजाइ राखेको पूजाको थाल ल्याइन् । उनले रञ्जनलाई पर्छिन्(अभिशेक) निधारमा गोलो बिन्दुको टिका आफ्नो औंलाले लगाई दिइन, त्रिभुजको आकारमा औँलाले माथितिर तानिन्.. निधारमा अछेता पनि टाँसिदिइन् । राखी बाँधेर रञ्जनले झोलाबाट दिदीलाई दिने सबै दान निकाले । तर सुखदाले लिन मानिनन् । सुखदाले नरिवल र एउटा सानो बक्सा दिँदै भनिन्, ‘आजसम्म तिमीले मलाई केही दियौ, आज म तिमीलाई केही दिन चाहन्छु, तिमी म भन्दा कान्छो हौ । होइन ? लिन्न नभन्नु ।"
थोरै अपठ्यारो मान्दै रञ्जनले बक्सा खोले । त्यसमा कागजहरू र केही राखीहरू थिए । उसले केही सोध्नुअघि नै सुखदाले भनिन्, ‘यति वर्षसम्म त्यो गुड्डु (गुडिया)लाई तिम्रो नाडी सम्झेर बाँधेर राखेको राखीहरू हुन र यी कागजहरू जग्गाका हुन् जसले हामी दिदी र भाइलाई अलग गरेको थियो ।"
कागजहरू फिर्ता गर्दै रञ्जनले भने, "होइन दिदी, यसमा तिम्रो अधिकार छ..."
"मेरो हक त मैले प्राप्त गरि सकेकी छु ! मेरा तर्फबाट तिम्री छोरीलाई यो उपहार लगिदिनु" भन्दाभन्दै सुखदा रञ्जनलाई अँगालो हालेर रोईन् ।