दक्षिण अफ्रिकामा बाघको शिकार : मुन्शी प्रेम चन्द
नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं
एक प्रसिद्ध शिकारीले बाघको शिकारका बारेमा लेखेका छन् । आज हामी उनको आफ्नै भाषाबाट उनको कथा सुनने छौं - एक दिन म नौरोबीको फराकिलो सडकमा हिंडिरहेको थिएँ । जब मैले एउटा बाघलाई देखेँ जो आफ्ना दुई साना डमरु(बच्चा)हरू लिएर झाडीमा हिंडिरहेको थियो । त्यो सायद शिकारको खोजीमा गाउँमा पसेको थियो । त्यसलाई देखेपछि म हतार हतार आफ्नो घरमा गएँ र राइफल लिएर फेरि त्यही दिशामा पुगेँ । संयोगवश त्यो रात जूनेली रात थियो । मैले सजिलै बाघलाई मारें र त्यसका दुवै डमरुलाई समातेँ । ती डमरुहरू धेरै दिनका थिएनन्, तिनीहरू केवल तीन हप्ताका देखिन्थिए । एक मादा थियो; दोस्रो स्त्री । मैले 'ज्याक'(डमरे) र 'जल'(डमरी) नाम राखें । ज्याक चाँडै बिरामी पर्यो र मर्यो । जल बाँचीरहि । जल आफ्नो नाम बुझ्ने र मेरो स्वर चिन्ने भयि । म जहाँ गए पनि कुकुरले जस्तै मलाई पछ्याउँथि । त्यो मेरो कोठामा भुइँमा सुत्थि । त्यो प्रायः मेरो खुट्टामा सुत्ने गर्थि र उठेपछि मेरो घुँडामा आफ्नो नङग्रा राखेर बिरालोले जस्तै मेरो टाउकामा मुन्टो राख्थि ।
एक दिन जूनेली राती जललाई लिएर घुम्न निस्किएँ । हामी दुवै खुसीले बाटोमा हिडिरहेका थियौँ । त्यो दिन होटेलमा नाच हुने कुरा मैले बिर्सिसकेको थिएँ । संयोगवश जल र म होटलमा पुग्यौं, त्यहाँ एकमानिस बाहिर उभिएर सवारी खोज्दै थिए । जब उसले बाटोको बिचमा एउटा बाघ आफू तिर आउँदै गरेको देख्यो, त्यो मानिस डरायो । ऊ बोल्न सकेन र अगाडि तिर दौडियो । उसलाई भाग्दै गरेको देखेर अरु दुई/तीन जना पनि भाग्न थाले । यो पनि एउटा खेल नै हो रहेछ भनेर जलले बुझि, जल पनि उनीहरुको पछि कुद्न थालि । त्यो देखेर हाँसोले मेरो पेट बाँउढियो, अन्तत: म पनि जलको पछि दौडिएँ र मुस्किलले जललाई समातेँ । यद्यपि उसले कसैलाई घाईते बनाएको थिएन; तर खुशीको जीवन जिउनेहरुको बहादुरीको चाहीँ दोहोलो काढिएको थियो । त्यसपछि म जूनेली रातमा जल लिएर कहिल्यै बाहिर गइनँ ।
एक दिन म एक ठाउँमा भोज खान गएको थिएँ। त्यहाँबाट मेरो बंगलातिर जाँदा मध्यरात भइसकेको थियो । आधा बाटोमा पुग्दा अचानक बन्दुक चलेको आवाज आयो । कोही मानिस आत्तिएर कराएको पनि सुनें । अलि अगाडी पुगेर देखें, लालटेनको पोलमा चढेको एक संत्री लाजमर्दो अवस्थामा शु-शु गर्दै थियो । मलाई देख्ने बित्तिकै उसले भन्यो- महाशय, बाँच्नुस । एउटा बाघ एकदमै नजिक मै छ र घोडालाई खाँदै छ । मैले यता उता हेरेँ, पचास पाइलाको दुरीमा एउटा बाघ देखा पर्यो । त्यसले वास्तवमा घोडा खाँदै थियो । त्यसले संत्रीले गरेको खासखुस आवाजको वास्ता गरिरहेको थिएन् ।
'मैले संत्रीलाई त्यो जहाँ छ त्यहीँ बसिरहोस्' भनें र म एक्लै साथी कहाँ बन्दुक लिन गएँ । जब म राइफल लिएर आएँ, त्यस बेला बाघ बसेर ओठ चाटिरहेको थियो र संत्री पोलमा लेपासिएर उभिरहेको थियो । मैले तुरुन्तै बाघमाथि बन्दुक चलाएँ । त्यो घाइते भयो तर मरेन् । त्यो ठूलो स्वरले गर्ज्यो र एक छेउबाट भाग्न थाल्यो । मैले त्यसलाई छोडिन र रगतको निशान पैल्याउँदै खोज्न लागेँ । अन्ततः मैले त्यसलाई खाडलको किनारमा उभिएको देखेँ । मेरो गोलीले काम गर्यो, बाघ टाउको जोतेर भूइँमा ढल्यो । म खुसी हुँदै बाघको छेउमा पुगेँ र त्यसलाई हेरेर चिनेँ । त्यो मेरै बाघ 'जल' थियो ।